काठमाडौं, असार ३ गते । सरकारले संसदमा दर्ता गरेको गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७६ फिर्तालिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उक्त विधेयक फिर्ता लिएको जानकारी दिएकी हुन् ।
गुठी विधेयकलाई लिएर संसददेखि सडकसम्म व्यापक विरोध भएको थियो । काठमाडौं उपत्यकाका नेवार समुदायले सडकमा उत्रिएर उक्त विधेयकको विरोध गर्दै आएका थिए ।