असार ४ गते – भारतीय ओपनर ब्याट्सम्यान शिखर धवन विश्वकप क्रिकेटबाट बाहिरिएका छन् ।
[custom-facebook-feed]
अस्ट्रेलियाविरुद्धको खेलमा औंलामा चोट लागेका कारण शुरुमा तीन खेलमा खेल्न नसक्ने भनिएको थियो । तर उनी पूर्ण रुपमा फिट नभएपछि जारी विश्वकपबाट उनलाई बाहिर राखिएको छ । अब उनको ठाउँमा ऋषभ पन्त टिममा पर्ने छन् । त्यसका लागि ऋषभ पन्त इंग्ल्याण्ड पुगिसकेका छन् ।
पाकिस्तानविरुद्ध शिखरले नखेलपछि केएल राहुलसँग मिलेर रोहित शर्माले ओपनिङ गरेका थिए । जसमा उनीहरुले १३६ रनको साझेदारी गर्दै भारतलाई गतिलो सुरुवात दिलाएका थिए ।
घाइते भएका बेला पनि उनले उत्कृष्ट व्याटिङ गर्दै ११७ रन बनाएका थिए । तर उनी दोस्रो इनिङ्समा फिल्डिङ गर्न नसक्ने भएपछि रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए ।