विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेलको शव परिवारजनले बुझे

असार ७ : जनकपुर–विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला ईन्चार्ज कुमार पौडेलको शव परिवारजनले ३ दिन पछि शनिवार बुझेका छन् ।

[custom-facebook-feed]


बिहीवार प्रहरीको गोली लागि मृत्यु भएका पौडेलको शव मृतक पौडेलका परिवारजनले जिल्ला अस्पताल मलंगवाबाट बुझेका हुन् । 

सर्लाहीको सदरमुकाम मलंगवाबाट उनको शव बागमती वडा नम्बर २ धरहरा स्थित गृह निवासमा ल्याइएको मानवअधिकारकर्मीहरुले जानकारी दिए ।

बिहीबार दिउँसो लालबन्दी वडा नम्बर १ लखन्देही  खोलादेखि पूर्वको जंगलमा गस्तीमा गएको प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको दावी छ । प्रहरीले झडपमा गोलि लागि मृत्यु भएको जिकिर गरेपनि परिवारजनले भने प्रहरी पक्राउ गरि षड्यन्त्रपूर्वक मारेको आरोप लगाउँदै आएको छ ।