द पब्लिक टुडे समाचारदाता
जनकपुरधाम, फाल्गुण २२ गते ।
राजपा नेपालबाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गरी अदालतले जन्मकैदको सजाय सुनाएपछि राजपाले आकस्मिक बैठक बोलाएको छ ।
कैलालीको टिकापुरमा ८ जनाको ज्यान जाने गरी भएको घटनामा बुधबार कैलाली जिल्ला अदालतले राजपाका नेता सांसद चौधरीसहित ११ जनालाई दोषी ठहर गरी फैसला सुनाएको छ ।
अदालतको निर्णयप्रति राजपा नेपालले आधिकारिक धारणा दिनका लागि अध्यक्षमण्डलको बैठक बसिरहेको अध्यक्षमण्डलका सदस्य शरदसिंह भण्डारीले बताए ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक बालकसहित आठ जनाको निधन भएको थियो । सो घटनामा सरकारले मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार थिए ।
उनले फरार रहेकै अवस्थामा कैलाली १ बाट प्रतिनिधिसभाको चुनाव जितेका थिए। थुनामा रहेका रेशम चौधरीको रिहा र थुनामुक्त गर्न राजपा नेपालले दवाव दिएपछि सरकारले पुस १९ गते सपथग्रहण गराएको थियो ।