बर्दिवासमा रक्तसञ्चार भवन सञ्चालन

 

द पब्लिक टुडे समाचारदाता
बर्दिवास, असार १२ गते ।
महोत्तरीको बर्दिवासमा रक्तसञ्चार केन्द्र बर्दिवासको नयाँ भवन सञ्चालनमा आएको छ । बर्दिवास नगरपालिका–३ गौरीडाँडामा नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखाले सञ्चालन गर्ने केन्द्रको भवन बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रल्हाद क्षेत्रीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

[custom-facebook-feed]

बर्दिवास उद्योग वाणिज्य सङ्घको अगुवाइमा नवनिर्मित भवनमा छ कोठा छन् । विभिन्न दाताबाट प्राप्त रकमले निर्माण भएको छकोठे पक्की भवन निर्माणमा ६४ लाख दुई हजार ४७४ खर्च भएको उद्घाटन समारोहमा भवन निर्माण समितिका कोषाध्यक्ष दीपक कार्कीले जानकारी दिए ।

उद्घाटन समारोहमा महोत्तरी क्षेत्र नं. १ ‘क’ बाट प्रदेशसभा सदस्य शारदा थापा, रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्र र बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रल्हाद क्षेत्रीले केन्द्रलाई सुविधा सम्पन्न बनाउन थप पहलकदमी लिने प्रतिबद्धता जनाए ।

उद्घाटन समारोह रेडक्रस बर्दिवास उपशाखाका सभापति वाणिकराज काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो । आजको ‘द पब्लिक टुडे’मा समाचार छ ।

Scroll to Top