तोडफोडमा संलग्नलाई कारवाही गर्न मेयर यादवको माग

 

धर्वेन्द्र कुमार यादव
औरही, असार १२ गते ।
महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले आफुले नगरपालिकामा कहि कतैं भ्रष्टाचार नगरेको दावी गरेका छन ।

वुधबार औरही नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि नगरप्रमुख यादवले उपमेयर रेणु देवी झाले आफुमाथि अनेकौ आरोप लगाएको बताउँदै आफुले निती नियम र कानुन सम्वत कार्य सम्पादन गर्दै आएको दावी गरेका छन् ।

[custom-facebook-feed]

गत शनिवार कामको अत्याधिक चाप र नगरपरिषद्को तयारीको लागि कार्यालय खोलेर काम गर्ने समयमा उपमेयर रेणु देवी झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयमा तोडफोड गरेका थिए ।
उनले नगरपालिकामा भएको तोडफोडसम्बन्धमा सुक्ष्म रुपमा छानविन गरि दोषीमाथि कारवाहीको लागि माग गरेका छन् ।

पत्रकार सम्मेलनमा मेयर यादवले विभिन्न पत्रपत्रिकाहरुमा आएको समाचारले भ्रष्टाचार गरेको छ, खोइ प्रमाण, सबुतले आपूm भ्रष्टाचार गरेको छु भने प्रमाण–सबुत देखाउनु पर्यो, उपमेयर रेणु देवी झा माथि बिभिन्न किसिमको आरोप लगाउँदै मेयर यादवले भने, नियम विपरित उपभोगता समिति बनाउँछन्, खोजि गर्दा मेयरले भ्रष्टाचार गरेको आरोप लगाउँछन् । उनले कार्यालयको महत्वपूर्ण फाइलहरु भएको ल्यापटप पनि लिएर गएको छ ।

साथै अनुगमन समितिबारे मेयर यादवले भने, अनुगमन समितिको अर्थ के हो भन्ने कुरा उहाँले बुझ्नु नै भएको छैन । उहाँले एक दिनमा कति वटा योजना बनाउँनुहुन्छ, अनुगमन गरेर प्रतिवेदन तयार गरेर दिनु पर्ने हो । तर, आजसम्म उहाँले त्यो काम गर्नु भएको छैन । असार मसान्तको काम काजको त्यति कै चाप छ । उहाँ १५ दिन अघिदेखि नगरपालिकामा नियमित बस्न थाल्नुभएको छ । प्रतिवेदन दिएपछि, कहाँ के छ, थाहा हुन्छ । उपभोक्ता समितिले मापदण्ड र सम्झौता अनुसार काम गरिसकेपछि उसको भुक्तानी रोक्ने अधिकार कोही संग छैन । गत वर्ष र चालुआर्थिक वर्षमा पनि उहाँलाई कुरा मिल्यो त्यो ठाउँको योजनामा मात्रै अनुगन गर्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमबारे मेयर यादवले भने, कार्यक्रमका लागि १७ लाख बजेट छ । भर्खरै जानकारी भएको छ । कुनै निर्णय गरिएको छैन । बजेट जस्ताको त्यस्तै छ । कुनै ठाउँमा भ्रष्टाचार गरेको छु भने उपमेयर ज्यूले प्रमाणित गर्नुस, म नैतिकताको आधारमा मेयर पदबाट राजिनामा दिन्छु । यसरी जनप्रतिनिधी भएर छलफल नगरिकन गुण्डागर्दी शैली अपनाएर कार्यालय लुट्ने अनि तोडफोड गर्ने व्यवहार कदापी मिल्दैन । आजको ‘द पब्लिक टुडे’मा समाचार छ ।

Scroll to Top