पब्लिक टुडे समाचारदाता
महोत्तरी, असार १२ गते । महोत्तरीको बर्दिबासबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१४ का ४५ वर्षीय राजेश कुमार शाही र सिन्धुली १० का २१ वर्षीय साजन भुजेल रहेको इलाका प्रहरी ाकर्यालय बर्दिवासले जनाएको छ ।
[custom-facebook-feed]
उनीहरूलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिबास ३ माइस्थान चोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी निशान थापाले बताए।
उनीहरूको साथबाट नाइट्रोभेट ट्याब्लेट ८२५ थान, एस्पाइसमो ट्याब्लेट ७२ थान र डाइजेल्याप तथा फेनरागन (एम्पुल) ६र६ थान बरामद गरेको डिएसपी थापाले बताए।
ज ८ प २९३ नम्बरको मोटरसाइकलमा सवार शाही र भुजेललाई चेकजाँको क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ।