नायिका मानन्धर बि प्लस, नेतृ चौधरी बि ग्रेडमा एसईई उर्तीण

असार १२ – २०७५ सालको एसईई परीक्षाको नतिजामा चर्चित अभिनेतृ करिष्मा मानन्धर बि प्लस ग्रेड ल्याएर उर्तीण भएकी छिन् । अर्की चर्चित नेतृ शान्ता चौधरी पनि वि ग्रेड ल्याएर एसईई परीक्षा पास भएकी छिन् ।

[custom-facebook-feed]

नायिका मानन्धरले नतिजा अनुसार जिपिए ३ ल्याएकी छिन् भने नेतृ चौधरीले जीपीए २.६५ ल्याएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डले आज केही समय अघि माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो ।

यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।