अस्पतालभित्रै डाक्टरकी श्रीमतीको हत्या, छोरा गम्भीर घाइते

 

पब्लिक टुडे समाचारदाता
महोत्तरी, असार १२ गते ।
सर्लाही मलंगवा नगरपालिका–९ स्थित आँखा केन्द्र अस्पताल मलंगवामा कार्यरत कार्यालय सहयोगी सुप्रिया भारतीको हथौडा प्रहारबाट बिहीबार दिउँसो हत्या गरिएको छ।

[custom-facebook-feed]

रौतहट बौधीमाई नगरपालिका सहर मुजुवा बस्ने ३० वर्षीय अमित कुमार बैठाले हथौडा प्रहार गर्दा सुप्रियाको घटनास्थलमै मृत्यु भएको हो।

रौतहट यमुनामाई गाउँपालिका–३ घर भएकी २७ वर्षीया सुप्रिया भारतीको हथौडा प्रहारबाट हत्या गरिएको छ भने उनका ४ वर्षीय छोरा दिवश कुमार रजक घाइते भएका छन्। जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपश्चात् उनलाई थप उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्ज रिफर गरिएको छ। सुप्रियाका पति डा. दीपेन्द्रकुमार रजक सोही अस्पतालको प्रमुख रहेको बुझिएको छ।

हथौडा प्रहार गर्नुको कारण हाल खुल्न सकेको छैन। हाल फरार रहेका अमितको प्रहरीले खोजी गरिरहेको सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।

Scroll to Top