चिली कोपा अमेरिकाको सेमिफाइनलमा

Facebook
Twitter
WhatsApp
Print

असार १४ गते : टाईब्रेकरमा भाग्यमानी ठहरिँदै चिली कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार बिहान भएको खेलमा कोलम्बियालाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै चिली अन्तिम ४ मा प्रवेश गरेको हो।

कोलम्बियाका विलियम टेसिलोको पेनाल्टी प्रहार असफल भएको थियो। अन्तिम खेलाडीको रुपमा पेनाल्टी प्रहार गर्न आएका साञ्चेजले गोल गर्दै चिलीलाई सेमिफाइनलको यात्रा तय गराए। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो। एजेन्सी

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार