सेफ्टी ट्यांकीभित्र निसास्सिएर चार जनाको मृत्यु

बिराटनगर, असार १४ गते । मोरङको डायनियामा निर्धाणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर चार जनाको मृत्यु भएको छ ।

[custom-facebook-feed]

सुनवषर्ी नगरपालिका ९ डायनियास्थित मस्जिदको कम्पाउण्डमा सेफ्टी ट्यांकी बनाउने क्रममा पाँच जना निसास्सिएर बेहोस भएका थिए ।

उनीहरु मध्ये फिराज आलम, सहनवाद, कपिल आलम र मोहम्मद आलमको मृत्यु भएको छ ।

दाउल मियाको भने गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।