औरही , असार १४ गते – राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा महोत्तरीको औरही नगरपालिका १ स्थित औरहीमा बिरुवा रोपिएको छ ।
[custom-facebook-feed]
शनिबार साँझ औरही नगरपालिका-१ स्थित रहेका औरही प्रहरी चौकी कार्यालयको हाता भित्र रहेको जमिनमा विभिन्न जातका फलफूलका विरुवा रोपिएको हो ।
सरकारले हालै असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा देशभर वृक्षारोपण अभियान सुरु गरिएको हो ।
त्यस्तै महोत्तरी को औरही मा गरियको वृक्षारोपण कार्यक्रममा सुरक्षाकर्मी, स्थानीय,प्रत्रकार , बिभिन्न सामाजिक संस्था, उल्लेख्य उपस्थिति थियो ।
यस्तै, महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्वर १ मा रहेको बर्दिवास टोल सुधार समितीले वातावरण अनुकुल राख्न बृक्षा रोपन गरेको छ ।