रेशम चाैधरीलाई जन्मकैद फैसलापछि सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाकाे घोषणा

द पब्लिक टुडे समाचारदाता
काठमाडौं, फाल्गुण २२ गते ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।

बुधवार कैलाली अदालतले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाकाे अध्यक्षमण्डलकाे आपतकालिन बैठक बसेकाे थियाे । साेही बैठकले सरकारलाई यसअघि दिँदैआएकाे समर्थन फिर्ता दिने घाेषणा गरेकाे हाे ।