१५ दिने माध्यमिकी परिक्रमा आज महोत्तरीको मडैमा

फाइल फोटो

गौशाला, फाल्गुण २७ गते । मिथिलाको महाकुम्भ १५ दिने माध्यमिकी परिक्रमाटाेली आज महोत्तरीको मडै आइपुगेकाे छ ।झाँकी किर्तनसहितको धार्मिक टोली साेमबार बिहान महोत्तरी गाँउपालिका वडा नं. ३ मा पर्ने धार्मिक स्थान मडई आइपुगेकाे हाे।

धार्मिक टोलीलाई प्रदेशसभा सदस्य सुरिता साह, महोत्तरी गाँउपालिकाका अध्यक्ष सुनिलकुमार राय, उपप्रमुख सितादेवी साह, वडाअध्यक्ष रामस्नेही यादवलगायतले स्वागत गरेका छन् ।

गत बुधबार धनुषाको कचुरीस्थित मिथिलाबिहारी मठबाट मिथिलाबिहारी तथा जनकपुरको अगिणीकुण्डबाट किशोरीजीको डोलाको नेतृत्वमा सुरु भएको मिथिला माध्मिकी परिक्रमाका यात्रुहरु हनुमान नगर, भारतको कलाणेश्वर, गिरिजा स्थान हुदैँ शनिबार महोत्तरीको मटिहानी, आइतबार जलेश्वर, हुँदै साेमबार मडै आइपुगेको छन ।

याे धार्मिक टोली मंगलबार ध्रुवकुण्ड प्रस्थान गर्नेछ । त्यसपछि क्रमशः ध्रुवकुण्ड, कञ्चनवन, हुँदै धनुषाको पर्वता ,धनुषाधाम, सतोषर, औरहीमा राति विश्राम गरी पुनः भारतको बिशौल, करुणा हुँदै पूर्णीमाको अघिल्लो रात जनकपुर फर्किने कार्यक्रम रहेको छ ।

मिथिला परिक्रममा सहभागीहरुले नेपालको १ सय ७ किलाेमिटर र भारतको २६ किलाेमिटर गरी १ सय ३३ किलोमिटर लामाे बाटाे तय गर्दै नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्रीबास गरेर बिहानै यात्रा प्रारम्भ गर्ने चलन रहेको छ ।