• The Public Today
  • शहीदनगर नगरपालिकामा रामजानकी मन्दिर र स्वास्थ्यचोकी भवनको शिलान्यास


    जनकपुरधाम, फाल्गुण २८ गते । धनुषाको शहीदनगर नगरपालिका वडा नम्वर ६ मा स्वास्थ्यचोकी भवन् र रामजानकी मन्दिर बन्ने भएको छ । शहीदनगर नगरपालिकाको आर्थिक सहयोगमा हठीपुरमा रामजानकी मन्दिर र हडबाडामाल निर्माण हुने स्वास्थ्यचोकी भवनको मंगलबार नगरपालिकाका मेयर उदय बरबरियाले शिलान्यास गरेका छन् ।

    सो अवसरमा उपमेयर शिला कापर ,वडा नम्वर- ६ का वडाध्यक्ष रामएकबाल मण्डल, वडा नम्वर-८ का वडाध्यक्ष तनुकलाल यादव, वडा नम्वर-२ का वडाध्यक्ष जैसी भिन्वार , वडा नम्वर-९ का रामदेव मरिक यादव , वडा नम्वर-५ का रामरतन पासमान, इन्जिनियर सँजय यादव, नेकपाका नेता रुपेश बिराजि लगायतको उपस्थिति रहेको थियो ।


    क्याटेगोरी : समाज


    प्रतिक्रिया दिनुहोस