आज विश्‍व उपभोक्ता दिवस: उपभोक्तालाई जागरूक हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, चैत्र १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन्।  विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा  सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराएका छन्। 

‘उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पछ’, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो छ’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । 

संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानूनको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुत गर्न हरतरहले प्रयास गरिरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । 

विश्व उपभोक्ता अधिकार दिवस (मार्च १५) संसारभर मार्च १५ मा मनाउने गरिन्छ ।  नेपालको संविधान २०७२ को धारा ४४ ले  उपभोक्ता अधिकारलाई मौलिक हकमा राखेको छ ।

Scroll to Top