• The Public Today
  • वडाध्यक्षको मोटरसाइकलमा आगजनी


    डडेल्धुरा, चैत्र १ गते । डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ का वडा अध्यक्ष पदम बिष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरिदिएको छ । गएराति करिब १२ बजे से ७ प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी भएको हो ।

    घरमै पार्किङ गरेको मोटरसाइकलमा आगजनी भएको बेलापुर प्रहरी चौकी सेरीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिए । सो मोटरसाइकल केही दिन अगाडि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको थियो । मोटरसाइकलको नम्बर से ७ प ३६९० भए पनि नम्बर प्लेट समेत राखिएको थिएन ।

    अध्यक्ष बिष्टले आगजनी गर्ने कसैमाथि शंका नभएको बताएपछि प्रहरीलाई अनुसन्धानमा चुनौती भएको छ । विप्लव समूहले बिहीबार आह्वान गरेको नेपाल बन्दको दिन पनि नवदुर्गा गाउँपालिकामा दिनभर यातायातका साधन सञ्चालनमा आएका थिए ।


    क्याटेगोरी : समाज


    प्रतिक्रिया दिनुहोस