धनुषाको लालगढमा प्रदेशस्तरीय सवारी रिफ्रेस सेन्टरको स्थापना

पब्लिक टुडे समाचारदाता
ढल्केवर, साउन ३१ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लालगढमा प्रदेशस्तरीय सवारी रिफ्रेस सेन्टरको स्थापना गरिएको छ ।  बिहिवार धनुषाको मिथिला नगरपालिका वडा नं. १० लालगढमा प्रदेशस्तरीय सवारी रिफ्रेस सेन्टरको उदघाटन गरिएको हो ।

[custom-facebook-feed]

मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतो र कार्यक्रमका प्रमुख अतिथी २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानीरिक्षक प्रदुम्न कुमार कार्कीले संयुक्त रूपमा रिफ्रेस सेन्टरको उदघाटन गरेका हुन् ।

रिफ्रेस सेन्टरको उद्घाटनको अवसरमा रिफ्रेस सेन्टर परिसरमा वृक्षारोपण समेत गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चल्ने सार्वजनिक सवारी साधनहरुलाई केन्द्रीत गरी रिफ्रेस सेन्टरको स्थापना गरिएको हो ।

रिफ्रेस सेन्टर निर्माण एवं संचालनमा विशिष्ट योगदान पुर्यााउने  मिथिला नगरपालिकाका प्रमुख हरि नारायण महत्तो, प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्की, निर्माण व्यवसायी रतन ठाकुर, रिफ्रेस निर्माण समितिका अध्यक्ष विजय कुमार साह तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट लालगढका प्रहरी साहायक नीरिक्ष्ँक केदार पौडेलाई सम्मान तथा कदरपत्र समेत प्रदान गरिएको हो । प्रदेश प्रहरी प्रमुख कार्कीबाट सहयोगीहरुलाई कदरपत्र तथा सम्मान दिइएको हो ।

उक्त कार्यक्रममा मिथिला नगरपालिकाका नगर उपप्रमुख तारा कुमारी बस्नेत, प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक योग बहादुर पाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनाल, प्रदेश नं २ सशस्त्र प्रहरी गण जनकपुर धनुषाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक  उमाशंकर पंजियार , प्रदेश नं २ दंगा नियन्त्रण प्रहरी गण ढल्केवरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गोविद साह , ईलाका प्रहरी कर्यालय बर्दिवास महोतरीका प्रमुख डिएसपी निशान थापा  माँ जानकी यातातात प्रा.लि. जनकपुरका अध्यक्ष  मनोज चौधरी लगायत स्थानिय समाजसेवी , पत्रकार, बुद्धीजिवीहरुको सहभागिता रहेको थियो ।