सवारी दुर्घटनामा एकको मृत्यु, एकको अवस्था गम्भिर

Facebook
Twitter
WhatsApp
Print

द पब्लिक टुडे समाचारदाता-
बर्दिवास, चैत्र ४ गते ।
महोत्तरीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका-५ मा गएराति मोटरसाईकल ट्याक्टरमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि धनुषाको मिथिला नगरपालिका वडा नम्वर-१० का मोटरसाइकल चालक २६ बर्षिय मनोज भट्टराईको मृत्यु भएको हो भने लालबन्दी नगरपालिका ९ का संजय खतिवडा गम्भिर घाइते भएका छन् ।

गम्भिर घाइते भएका खतिवडालाई थप उपचारका लागि गएराति नै काठमाडौं पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बर्दिवासका प्रहरी निरीक्षक प्रकाश सिहले जानकारी दिए । ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार