मकवानपुर केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

File Photo

द पब्लिक टुडे समाचारदाता-
काठमाडाैं, चैत्र ४ गते ।
मकवानपुर केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएकाे छ । सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको छ ।

राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको बताएको छ । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।

०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

Scroll to Top