स्वर्ण पदक विजेता अजितलाई पाँच लाख पुरस्कार दिने प्रदेश सरकारको घोषणा

Facebook
Twitter
WhatsApp
Print

जनकपुरधाम, चैत्र ४ गते । हङकङमा सम्पन्न तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेको सप्तरी निवासी अजित यादवलाई प्रदेश सरकारले पाँच लाख पुरस्कार दिने घोषणा गरेको छ ।

मन्त्री परिषदको आज सम्पन्न बैठकले अजित तेश्रो एसियाली युथ एथलेटिक्समा स्वर्ण पदक प्राप्त गरेर मुलुकको साथै प्रदेश नं.२ को नाम समेत विश्वस्तरमै स्थापित गरेको भन्दै प्रोत्साहन स्वरुप पाँच लाख नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको हो ।

हङकङमा आइतवार भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको पुरुष तर्फ ३००० तीन हजार मिटर दौडमा आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै सप्तरी जिल्ला निवासी अजित कुमार यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन । अजित यादव यस प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाउने पहिलो खेलाडी समेत बनेका छन ।

ताजा अपडेट

लोकप्रिय

सम्वन्धित समाचार