जनकपुरधाम, चैत ६ गते । प्रदेश २ सरकारले होलीको अवसरमा २ दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पहाडका जिल्लाहरूमा यस वर्ष बुधबार होली मनाइए पनि तराई तथा मधेसका जिल्लाहरूमा बिहिवार र शुक्रवार होली मनाइँदै छ । त्यही अनुसार, २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोली पल्ट होली पर्व मनाउने परम्परा छ । मध्यमा परिक्रमा बुधबार जनकपुर आइपुगेर भोली बिहीबार विहान जनकपुरको अन्तरगृह परिक्रमा गरी समापन हुन्छ । त्यस कारण मिथिलाञ्चलमा शुक्रबार होली पर्व मनाइने जनकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।