काठमाडौं, चैत ६ गते । राष्ट्रिय जनता पार्टी नेपालको संयोजकमा शरतसिंह भण्डारी चयन भएका छन् । चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व दुई दुई महिना गर्ने सहमतिअनुसार बुधबार बसेको राजपाको अध्यक्षमण्डलको बैठकले भण्डारीलाई पार्टी संयोजकमा चयन गरेको महासचिव केशव झाले जानकारी दिए ।
यसअघि मंसिर ४ गतेदेखि माघ ४ गतेसम्म राजेन्द्र महतो, माघ ४ गतेदेखि चैत ५ गतेसम्म महेन्द्रराय यादव पार्टीको संयोजक भएका थिए । २०७४ साल वैशाखमा ६ तराई केन्द्रीत ६ वटा पार्टी मिलेर राजपा घोषणा भएको थियो ।
त्यतिखेर सबै पार्टीका अध्यक्ष अध्यक्षमण्डलका सदस्य बन्ने र चक्रीय प्रणालीअनुसार पार्टीकाे नेतृत्व परिवर्तन गर्ने सहमती भएकाे थियाे ।
