नगदसहित जुवा खेलिरहेका ३ जना पक्राउ

रौतहट, चैत ६ गते । रौतहटमा नगदसहित जुवा खेलिरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार रौतहटको गढिमाइ नगरपालिका धनहारीका सुरेश यादवको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद ४० हजार १ सय २५ रुपैया सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जिल्ला रौतहट कटहरीया नगरपालिका ५ का ४५ वर्षीय हरिन्द्र राउत, सर्लाहीको लालवन्दि नगरपालिका ९ का ४१ वर्षीय कासिम अंसारी र सर्लाही मलंगवा नगरपालिका ४ का ४१ वर्षीय अख्तर हुसेन रहेका छन् ।

यादवको घरमा जुवा खेल भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा फेला पारी उक्त नगद र जुवा खेलमा प्रयोग गरिने लेमिनेसन गरिएको कार्ड ७ थान, कौडा ७ थान र तास ३ बुक सहित निजहरुलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।