बर्दिबास, चैत्र ६ गते । महाेत्तरीमा ट्याक्टर र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएकाे छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका– ५ मा आज ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सर्लाही हरिपुर–७ का २५ वर्षीय राजवीर राय रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक प्रकाश सिंहका अनुसार उखु बोकेको ज१त ९८४२ नंको ट्र्याक्टर र बा७प ८१४३ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा रायको मृत्यु भएको हो ।

मोटरसाइकलसँग ठोक्किएर सडकभन्दा तल पल्टिन गएको र ट्र्याक्टरमा सवार राय भाग्न खोज्दा सोही ट्र्याक्टरले च्यापिप्एर रायको मृत्यु भएको सिंहले बताए ।
मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नपा–१२ का ३३ वर्षीय कृष्ण रखाल घाइते भएका छन्। उनको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।