भारतमा कोरोना संक्रमितको संख्या डेढलाख नाघ्यो

जेठ १४ गते : भारतमा कोरोना भाइरस संक्रमितको संख्या डेढलाख नाघेको छ। भारतमा अहिलेसम्म एक लाख ५० हजार सात सय ९३ जना संक्रमित भएका वर्ल्डओमिटरले जनाएको छ। मंगलबार त्यहाँ ५ हजार ८ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म ६४ हजारभन्दा धेरै उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। संक्रमणबाट मंगलबार भारतमा १ सय ७२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४ हजार ३ सय ४४ पुगेको छ।

पछिल्लो समय संक्रमण उच्च हुने मुलुकमा अमेरिका, ब्राजिल र रुसपछि भारत छ। त्यसपछि क्रमशः पेरु, बेलायत, चिली, मेक्सिको, कतार, इरान लगायतका मुलुकमा संक्रमणदर उच्च देखिएको छ।