धनुषाको उत्कृष्ट आइसोलेसनमा जब मेस्तर कोरोना संक्रमितको ज्वोरो नाप्न पुगे‘

नितेश यादव
भदौ ६ गते : धनुषाको एक आइसोलेसनमा मेस्तर नै कोरोना संक्रमितको थर्मलगन सहित ज्वोरो नाप्न पुगेका छन् । धनुषाको नगराइन नगरपालिका–५ गंगुलीस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको भवनमा निमार्ण गरिएको आइसोलेसन सेन्टरमा मेस्तरले ज्वोरो मापन गर्न गएपछि संक्रमितहरुले फिर्ता पठाएका हुन् ।

शनिबार जनकपुरका कोरोना संक्रमति सञ्चारकर्मी राकेश साह सहित डाइबीटिको तापक्रम मापन र्गन गएपछि संक्रमितहरुले मेस्तरलाई प्रश्न गर्र्दै भने, ‘तपाई मेस्तर भएर हाम्रो तापक्रम जाच्न किन आउनुभयो त र ? यो त डाक्टरको काम हो ?’

मेस्तरले सहजै भने, ‘डाक्टर सा’प बाहिर हुनुहुन्छ मलाई उँहाले नै पठाउनुभएको छ ।’

संक्रमित सञ्चारकर्मीले साहले उनलाई सामान्य मानिसमा कति डिग्री तापक्रम हुन्छ भनेर प्र्रश्न गर्दा उनले भने, ‘मलाई के थाह म त फोहोर सफा गर्ने मेस्तर छु, डाक्टर सापले मलाई भन्नुभयो म आईहाले ।’

गत चैत १४ गतेबाट सञ्चालित क्वारेन्टाइनलाई जेठ महिनाको अन्तिमा सोही भवनलाई रंगरोहन गरी आइसोलेनमा परिणत गरेको थियो । यस आइसोलेनमा मेस्तर कोरोना संक्रमितको ज्वोरो चेक गर्नु उदाहरण मात्रै हो । यहाँ त यस्ता कयौँ बेथितिहरु छन् । कारोना उपचारमा गएका संक्रमितलाई न पौष्टिक खानको व्यवस्था छ । न त् यहाँ सरसफाईको । आइसोेलेसन कोठामा इट्टाको टुक्रा जताततै फालिएको छ । न बेडमा कसैको झुल छ नत् कसैको बेडमा ओछ्याको व्यवस्था गरिएको छ ।

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको मतहतमा सञ्चालित भएका छन् । प्रदेश सरकारले क्वारेन्टिलाई आइसोलेसनमा परिण गए लगत्तै एसियाकै सबैभन्दा उत्कृष्ट आइसोलेसन सेन्टर निर्माण गरको दाबी गर्दै आइरहेका छन् । एसियाका कयौं विकसित देशहरुले अहिलेसम्म आफु एसियाका सबैभन्दा उत्कृष्ट आइसोलेसन सेन्टर निमार्ण गरेको दाबी गर्न सकेका छैनन् । तर नेपाल जस्ता अविकसित मुलुकले एसियाका उत्कृष्ट आइसोलेसन सेन्टर निमार्ण गरको भन्दै अविश्वास लागेको स्थानीय बताउँछन् ।