• The Public Today
  • कुलमानको पुनर्नियुक्तिको माग गर्दै सिरहामा जुलुस निकालियो


    सिरहा, असोज २ गते । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै  सिराहाको गोलबजारमा स्थानीयले जुलुस निकालेका छन् । 

    करिब २ सय जना सहभागि भएको उक्त प्रदर्शनमा ‘कुलमान आउ उज्यालो ल्याउ’ भन्ने, नारासहित प्रदर्शनमा सहभागि भएका उमेश बरालले जानकारी दिए ।

    जुलुस नगरपरिक्रमा गरि कोणसभामा परिणत भएको थियो । जुलुस सभामा स्थानीय नेता तथा युवाहरुले आफ्नो धारणा राखेका थिए । 

    घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिएको थियो । घिसिङको पदावधि सकिएपछि सरकारले मंगलबार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ ।

    मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका नायब कार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।


    क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाज

    उहाँ द पब्लिक टुडेका विशेष संवाददाता हुनुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस