ओली समूहले आज ‘बृहत् कार्यकर्ता भेला’ गर्दै, थापाले पनि सम्बोधन गर्ने

File photo

काठमाडौं,पुस १८ गते : नेपाल कम्युनिस्ट पार्टी केपी ओली समूहले आज (शनिबार) काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेला गर्दै छ।

उसको काठमाडौं जिल्ला कमिटीले दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा भेला आयोजना गर्ने भएको हो।भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।

यसअघि बुधबार पनि ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला गरेको थियो।