• The Public Today
  • सर्लाहीमा निर्वाचन अधिकृत नै प्रहरी नियन्त्रणमा


    द पब्लिक टुडे
    गौशाला, वैशाला ३० गते ।
    सर्लाहीमा प्रहरीले एक मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ । जिल्लाको बलरा नगरपालिका(३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिईएको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । हाल त्यहाँ मतदान अवरुद्द भएको छ ।

    मतदान सुचारु गराउने प्रयास भइरहेको पोखरेलले बताए । हाल मतदान स्थगित गरेर छलफल भइरहेको बलरा नगरपालिकाका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।इकागज


    क्याटेगोरी : ब्रेकिङ्ग न्युज-१, मुख्य समाचार, समाज


    प्रतिक्रिया दिनुहोस