द्रोपतीको जस्तो रातु खोलाको चिरहरन भइरहने अनि राजनीतिक दलहरु टुलुटुलु हेरेर बसिराख्ने ?



बर्दिबासको आफ्नै मान, शान र सम्यता छ । जुन अरु भन्दा फरक र विशिष्ट छ । १२ हजार वर्ष पुरानो रातु नदी सभ्यताको चिरहर्न भइरहेको छ । मिडियामा बर्दिबासका मेयर प्रह्लाद कुमार क्षेत्रीको स्वेच्छाचारी प्रवृत्तिको कडा विरोध भइरहेको छ । तर, मेयर आफ्नो कमजोरी सच्चाउनु भन्दा रातु नदी सभ्यातामाथि नै प्रहार गर्न सत्ताकै प्रयोग गरिरहेका छन् । बर्दिबास नगरपालिकाले चालु आर्थिक वर्षका लागि ८ करोड बढीमा रातु खोलाबाट नदीजन्य पदार्थ उत्खखनका लागि ठेक्का लगाएको छ । खन्नु पर्ने हो तीन फिट तर, ६ फिट भन्दा बढी खोलाको उखनन जारी छ । बढी खनिएको नदीजन्य पदार्थको राजस्व कहाँ जान्छ, दोहनले के असर पारिररहेको छ ? मेयरको काम र कारवाही लगायतका विषय पेचिलो बनदै गरेको बेला बर्दिबास नगरपालिकाको प्रथम मेयर(पूर्व नगर प्रमुख) बिदुर कुमार कार्कीसंग माथि उल्लेखित जिज्ञासा बारे राजकरण महतोरोशन कुमार महतोले उहाँको निवास किसाननगर पुगेर गरेको अन्तवार्ताका सम्पादित अंश प्रस्तुत छ :

#तपाईँ बर्दिबास नगरपालिकाको प्रथम मेयर हुनुहुन्छ । बर्दिबास आफैंमा एउटा रातु नदी सभ्यता बोकेको सहर पनि हो । तर सभ्यता नै नाश भइरहेको छ । यसलाई कसरी लिनुहुन्छ ?
—मेरो एङ्गलबाट हेर्दाखेरी यसको दुईटा पक्ष छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था र राज्यको तीन तहको संघीयता मुलुकमा लागु भइसकेपछि खोलाको गिट्टी, बालुवा बिक्री वितरण तथा व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । अब त्यसका आधारमा खोलाको बाढीले बगाएर ल्याएको डिपोजिट नदीजन्य पदार्थ खोलाको जीवन नमासिने गरी र आम जनतालाई एवं प्रकृतिमैत्री भएर उपयोग गर्न कानुनले बाटो खोलेको छ । दोस्रो यसको उपभोग गर्ने सन्दर्भमा रातु खोलामा अहिले जे व्यवहार प्रदर्शन भइरहेको छ । त्यो व्यवहार भनेको हाम्रो प्रकृति र जनताको जीवन विरोधी छ ।

#रातु खोलामा यस्तै काम भइहेको छ ?
—प्रकृति छैन भने हाम्रो जीवन पनि छैन । प्रकृतिलाई नै मास्ने हो भने केही जटिल समस्याहरु पक्कै पनि हुन्छ । त्यो रातु नदीको दोहनबाट देखिएको छ । म आफै शुक्रबार विभिन्न सरोकारवाला र गाउँका मानिसहरु सहित खोला पुगेको थिए । खोलाको ४ नम्बर प्याकेजमा सबैभन्दा विभष ढङ्गले उत्खनन गरेको सुनेपछि गएका थियौ. । त्यहाँ हेर्दा ३ फिट ६ इन्ची, ५ फिट ६ इन्ची गहिरो खाल्टो खनेर उत्खनन गरिएको पाइयो । जबकी हामीले ३ फिट भन्दा तल जानै मिल्दैन । यो खण्डमा तोकिएको उत्खनन झन्डै भइसकेको देखिन्छ ।

#अरुको खण्डको अवस्था कस्तो थियो ?
—रातु खोलाको माथिल्लो क्षेत्रहरूमा पनि गएर हेरेको थिए । मैले हेर्दाखेरिको दिनसम्म सबै खण्डहरुमा मापदण्ड अनुसारको उत्खनन भइरहेको थिएन । अब यो काम तुरुन्तै बन्द गर्नुपर्ने पर्छ । अधिकार प्राप्त अधिकारी खोलाको नाप जाँच गरेर कुन प्याकेजमा कुन ठेकदारले कति नदीजन्य पदार्थ उत्खनन गरे त्यसको हिसाब गर्नु पर्छ ।

# किन यस्तो गर्ने ?
—मापदण्ड बारिह गएर धेरै उत्खनन भएको छ । नगर सरकारले यस बारेको यथार्थ आमजनतालाई सुसुचित गर्नुपपर्छ । प्रकृतिको विरुद्धमा वा यहाँको जनताकै जीवन विरुद्धमा भइरहेको अवैध उत्खनन नरोक्ने हो भने धेरै किसिमको समस्या हुन्छ । यसले एउटा फरक खालको स्थितिलाई पनि निम्तो दिइरहेको छ भने म बुझ्छु । अहिलेको कामे नियम संगत पनि छैन, वस्तुनिष्ठ पनि छैन । मापदण्ड विरुद्धमा छ । यस्ता कैयौँ पक्ष छन्, यसको अनुगमन गर्ने पक्षहरूले ध्यान दिनु पर्छ ।
एकपल्ट यो मध्यकालमा आएर अनुगमन गरेर त्यसको सबै नापजाँच गर्नु पर्छ । यदि तोकिएको परिमाणमा उत्खनन भइसकेको छ भने रोक्नु पर्छ । बाँकी भएको भए उत्खनन गर्न दिनु पर्छ । तर, मापदण्डको कडाई साथ लागु गराउनु पर्छ ।

#यहाँले कस्तो निम्तो दिइराखेको छ भन्नुभयो ?
—प्रकृति विनाशले बाढी पहिरो, अनिकालसंगै हाम्रो भूमी मरुभूमि करण हुन जोखिम बढ्दो छ । अहिलेको रातु खोलाको उत्खनन ले त्यसलाई निम्तो दिइरहेको भन्ने मैले खोजको हुँ ।

#अब त्यो निम्तो हामी स्वीकार्ने कि त्यो निम्तोबाट सच्चिने हो, कुन बाटो रोज्ने ?
— उत्पन्न हुने खतरालाई आजको सन्दर्भमा वैज्ञानिक विश्लेषणका आधारमा हामीले गहिरो ढंगबाट सोच्नु पर्छ । अहिले रातु खोलामा जे काम भइरहेको छ त्यसले चाहिँ विपत्तिलाई निम्तो नै दिइरहेको छ । त्यसो गर्दाखेरि मान्छे खानेपानी नपाएर काकाकुल बन्दै छ । तर, स्थानीय सरकारसंग कुन क्षेत्रमा खानेपानीको अपुग भाइरहेको छ त्यसको कुनै पहिचान पनि छैन । हाम्रो नगर सरकारसँग त्यो समस्या समाधान गर्न बजेट पनि छैन । पहिला खानेपानीका योजनाका अधुरा काम पुरा गर्ने ध्यान पनि गएको छैन ।

# अनि तपाईंहरु यस बारे किन नबोल्नुभाको ?
—अब स्थानीय सरकारले गरिरहेको यस्ता बदबासी खपेर बस्नु हुँदैन । त्यसो गर्दाखेरि हामी एउटा तुरन्तै छलफलको आयोजना गर्दैंछौं । त्यसमा ती सवै विषयहरू छलफलमा राखिन्छ । साझा धरना बनाएर त्यसका विरुद्धमा जान्छौं । प्रकृति दोहनले भ्यावह परिस्थिति निम्तो दिइहरेको मैले भनिसके । अब यसलाई रोक्नका लागि हामी सबै लाग्नुपर्छ भन्ने कुरा हो ।

# बहुदलीय व्यवस्थामा पार्टीका विचार वरिपरि जनता गोलवन्द हुन्छ । यतिखेर बर्दिबासको दुईटा मूल एजेण्डा करप्सन र क्राइम बन्दै छ, यी सबै पक्षले बर्दिबासबासीको जीवन संकटमा पर्दै गएको छ । अब विकृति र विसंगतीको जालो काट्नका लागि दलहरूले आह्वान गर्ने बेला भएन ?
—यो सन्दर्भमा मात्रै होइन् अब बर्दिबास नगरपालिकाले हिजो प्राप्त गरेका र निर्माण गरिएका आधारहरू र यसका चाहिने प्रशंसनीय कामहरुले बर्दिबासको उचाइ जहाँ पुगेको थियो मलाई लाग्छ मलाई एकजना सुनाउँदै हुनुहुन्थ्यो मेयर साहेबतपाईँले हाम्रो नगरपालिकाको स्टाटस आज गुम्दै गएको छ । सबै पक्षमा स्थानीय सरकारले गर्नुपर्ने सबै पक्षहरूमा हाम्रो जहाँ, जहाँ कमजारी हुन पुग्यो मैले त सुरुमा नै एलर्ट गराएकै थियो नगर प्रमुख(प्रह्लाकुमार क्षेत्री)लाई ।

#किन मेयरसंग यस्तो कुरा गर्नु भएको थियो ?
—कसैले बिगार्छ, र हामीले विरोध गरेर राजनीति गर्ने सोचबाट मुक्त हुनुपर्छ । निर्वाचित जनप्रतिनिधिहरुलाई हामी मिलेर सफल बनाउनु पर्छ । आज जहाँ आइपुग्यो पुगेको छ हाम्रो नगर प्रमुख त्यो बारे अब कसैले सहेर बस्ने अवस्था छैन । सरकारका नेतृत्व काम गर्ने दौरानमा जे गरिरहेको छ ती सम्पूर्ण पक्षहरूमा चाहिँ अब पार्टीहरूका मिटिङ बसेर छलफलको बिषय चाहिँ बनिरहेको छ ।

# पार्टीहरु र नेताहरु पनि छ र बर्दिबासमा ? जतनाको जीवन बारे छलफल गर्न ?
—अब पार्टीहरूले स्थानीय सरकारको काम बारे बहस र छलफल गरेर निष्कर्ष निकालनै बेला भयो । हाम्रो पार्टी माओवादी केन्द्रको पनी पार्टी मिटिङ बस्छ । मिटिङ बसेर हामी पक्कै निष्कर्ष निकाल्छौं । द्रोपतीको चिरहर्न भइरहने अनि हामी ढिलमा बसेर टुलुटुलु हेरेर बसिराख्ने अवस्थाबाट चाहिँ हामी मुक्त हुन्छौ ।

#हाम्रो आँखाले अवैध रुपमा चरिहेको क्रसर देखिएको छ, काननले सुनिरहेको, मस्तिक्समा हिट गरिरहेको छ । तर, तपाईहरु मौन भएर बसिरहनुभएको छ ?
—म मेयर हुँदा क्रसर र खोला व्यवस्थानका लागि गरेको मा बारे सबै सूचना गरेको थिए । पछिल्लो कालमा यो संघीय सरकारले गिट्टी बालु व्यवस्थापन सम्बन्धमा एउटा कार्यविधि बनाइसकेपछि जिल्ला समिति समन्वय समिति मिटिङ बोलाएको थिए । नगरपालिकाले प्रयोग गर्न सक्ने अधिकार, सीमा घेराभित्र बसेर सबै क्रसर व्यवसायिलाई बोलाएर तीन चार घण्टाको छलफलपछि उहाँहरु(क्रसर व्यवसायी)ले जो कुरा स्वीकार गरेर उठ्नुभएको थियो त्यो माइनेट अहिले पनि नगरपालिकामै होला । उहाँले क्रसर व्यवस्थान गर्न ६ महिनाको समय माग्नुभएको थियो ।

#त्यो किन लागु भएन ?
—व्यसायीहरु क्रसर संचालनका लागि स्थान मागेका थिए । त्यो हामी मिलेर पुरा गर्नु पर्छ भनेका थियौं । स्थानीय तहको चुनाव आएसंगै त्यो कार्यान्वन गर्ने भन्दा भन्दै मेरो कार्यकाल सक्यो । अहिलेको स्थानीय सरकारले त्यसलाई लागु गरे भइगो नि । कसले रोकेको छ कार्यान्वन गर्न । अर्को कुरो मेरो पालोमा तोकेको भन्दा बढी खोला उत्खनन भएकै हो । झन्डै १२ करोडको बढी नदीजन्य पदार्थ उत्खनन भएको हाम्रो प्रतिवेदन थियो ।

# त्यो प्रतिवेदन के भयो ?
—मैले समिति बनाएर नापजाँच गरेर ठेक्केदारबिरुद्ध अदालतमा मुद्दा हाल्यौ. । त्यतिबेला गठित समितिले ठेक्केदार बिरुद्द जुटाएको धेरै वैध प्रमाण फेला परेको थियो । त्यो समिति अदालतमा मुद्दा हालियो । तर बर्दिबास नगरपालिकाको नयाँ नेतृत्वले उच्च अदालतमा आफ्नो पक्षमा बहस र पैरवी गर्न खुट्टा कमायो । अहिले त्यो मुद्दा ठेक्केदाहरको पक्षमा फैसला भयो । अब स्थानीय सरकार सर्वोच्च अदालत जान्छ कि जाँदैन ? त्यो सबैले हेरिरहेको छ । आफ्नै सर्वाजनिक सम्पत्तिका लागि जुन ढंगबाट अदालतमा स्थानीय सरकारले कानुन लडाई लड्नुपर्ने थियो, त्यो लडाईमा पनि नगरपालिका चुकेको छ । आफ्नो सम्पत्तिको रक्षा गर्न पनि नसक्ने यो नगर सरकारले आफू नगर सरकार हो भनेर चाहिँ बताइरहेको कुनै उचित हुँदैन ।

# अहिले मेयर प्रह्लाद कुमार क्षेत्री त क्रसर व्यवसायी नै हुन् । पूर्व मेयर विदुर कुमार कार्की क्रसर व्यवसायीसंग मिलेर खोला दोहन गराए । प्रकृति दोहन र क्रसर संचालनको विषयमा प्रह्लाद कुमार क्षेत्री र बिदुर कुमार कार्की दाजुभाई नै हो भन्ने प्रश्न जनमानमा उठिरहेको छ ? के यो साचो कुरो हो ?
—यो जनताको तर्फबाट कसैले उठाइरहेको यो उटपट्याङ आरोप हो । प्रश्नको तथ्य चाच्नु पर्दैन ? प्रजातन्त्र आयो, बोल्न पाइयो भन्दैमा तथ्यविहीन ढंगले चाहिँ बोल्ने कुराको के अर्थ हुन्छ ? आजबाट होइन, सुरुदेखि नै मेयर हुँदाखेरि पनि यो कुराको आरोप मलाई लगाइदैछ । कुन ठाउँमा चाहिँ मैले को संग मिले ? के मागे थिए ? सबैले तथ्य र प्रमाण खोज्नुस् । मलाई प्रतिशोधात्मक रुपमा आरोप लगाइको हो । मलाई लगाएको आरोप कसैले पुष्टि गरुन्, म स्यावस भन्छु । सबैले बुझ्नु पर्ने कुरो चाहीँ के हो भने पुष्टि नै न हुने शब्द बोलिदिदैमा केही हुँदैन।

#तपाईंको बेलामा पनि हामीले यसरी नै प्रश्न उठाएको थियो । जसरी आजको मेयरले खोला जे बदमासी गरिरहेको छ, हिजो पनि त्यही भएको थियो तर, तपाई चुप लाग्नुभयो, आज अर्को मेयर आउँदा पनि हिजो जे गल्ती भयो त्यही दोहोरिदै छ नि ?
—मेरो अवधिमा दुई पटक खोला उत्खनन भयो । मैले विधिभन्दा बाहिर कहीँ कम्प्रोमाइज गरिन । त्यतिबेला चाहिँ हामी विश्वव्यापी महामारीको चपेटामा थियो । दोस्रोपटक जहाँसम्म १२ करोडको अवैध दोहन भयो भन्ने प्रश्न उठ्यो । त्यो बेला अनुगमन नगरेको भए यहाँसम्म पुग्दैनथ्यो । अनुगमन गरिदिएको भएर राम्रो हुनथ्यो, आज १२ करोडको मुद्दा अदालमा जाँदैन थियो । यो भन्नु राम्रो हो ।

#त्यो बेला के रोक्यो त ?
—ठेक्केदारहरुले कोरोना महामारीको अवसर छोपेर विभत्स ढंगले खोला दोहन गरे । हामीले बर्दिबास अस्पताल सुरु गरेका थियो । आम समुदाय लगायत त्यसमा विविधतै हुनुहुन्छ । महाभारीले मृत्यु भएका तीनवटा लास छ अस्पताल परेको थियो । गाडी कहिँ भेटिरहेको थिएन । मान्छेहरूमा ठूलो त्रास फैलिसकेको थियो । बर्दिबास एउटा क्षेत्रीय अस्पताल बनेको थियो । अक्सिजन लिने र उपचार खोज्ने मान्छेहरूको कोणबाट हेर्दा वेड देखि लिएर भुइँसम्म भिड थियो ।
मा बेडमा देखि लिएर साराको सारा चाहिने अस्पताल भरीभराउ थियो । मैले त्यो अवस्थामा हस्पिटल छोड्न नसकेको ठेक्केदारले तीन चार दिनमै खोलामा अवैध उत्खनन गरे । तर, पनि मैले खोलाको उत्खनन बारे अनुगमन गरेर मैले तुरन्ते एक्सन लिएको सबैलाई थाहा छ । खोलामा मुद्दा हालेर नगरबासीको पक्षमा काम गरेको विर्सिनु हुँदैन ।

#अहिलेको मेयरलाई कुनै महामारीले घरेको छैन । तर, पनि खोलामा अवैध उत्खनन भइरहेको छ । मेयरमाथि मिलिभगतको प्रश्न उठिरहेको छ । योे कोणबाट जनता के बुझ्छन् ?
—अहिलेको सन्दर्भमा खोला जुन ढंगले मापदण्ड उल्लघंन गरेर खोला खनिएको छ त्यो गलत भइरहेको छ । नगर प्रमुखले खोलाको टेन्डर लगाइसकेको पछि सबै राजनीतिक दलहरूलाई बोलाउनुभयो । टेन्डर गर्नु भन्दा पहिला नै सबै संग छलफल गर्नु थियो । उहाँले त्यो गर्नु भएन । अब नगर सरकारले पहिलो चाहिँ खोला उत्खननको अनुगमन गर्नु पर्छ । त्यसले मानने भने जिल्लाको अनुमगन टोलीको सहयोग लिनु पर्छ । बदमासी रोक्न तत्काल खोला उत्खनन रोक्नु पर्छ । गलत गर्नेलाई कानुनी प्रक्रियाबाट कारवाही गर्नु पर्छ ।

#किन यस तर्फ ध्यान छैन मेयरको ?
—त्यो त उहाँलाई सोध्नुस् । नदीको दोहोनले सरकारको नेतृत्वमाथि कडा प्रश्न उठेको छ । त्यसको जवाफ जनताले खोजिरहेका छन् । मैले स्थलगत निरक्षण गरिसकेपछि त्यही क्षेत्रमा गएर मेयरले जे कुरा बोल्नु भयो त्यो कुरोलाई मन गर्ने हो भने कमिकमजोरी र दोहनलाई रोक्न पक्षमा मेयर छैन ।जनता र मिडियामा प्रश्न उठेपछि खोलाको उत्खनन व्यवस्थित गर्न कमी भयो कि क्या हो विषयमा मेयरले गम्भीरता देखाउनु पर्ने थियो । तर, उहाँ त्यो तिर गम्भीरता होइन कि त्यसलाई ढाकछोप गर्ने र खोला सिध्याउने ढङ्गले गलत बाटोतिर लागेका छन् ।

#एउटा कुरा सुनिन्छ खोला दोहनमा गर्न मेयर र ठेक्केदार सेटिङ, जनप्रतिनिधि र ठेकदारको मिलिभगत, गाउँका नेताहरु र ठेकदार बिच सेटिङमा तस्करको सेटिङ । यो जनताहरूले उठाइरहेको हुन् । खोला पुग्दा त्यही अभाव पनि हुन्छन् । किन भने ३ फिटको ठेक्का लगाएर ६ फिट भन्दा बढी खनिदैछ । बढी खनिएको नदीजइन पदार्थ कहाँ जाँन्छ ? तपाईँको अनुभवले के बताउँछ ?
—अहिले राजनीतिक दलहरूले मौनतासाधेर बसिरहेको छ । विभिन्न कोणहरूबाट सामाजिक सञ्जालको माध्यमबाट होस् वा पत्रपत्रिकाको माध्यमबाट होस् जे बेथितिहरू उजागर भइरहेको छन् यो त राम्रो कुरा छ । राजनीति दलहरु ले आफ्नो हैसियत कायम राख्न नसकेके हो । खोला उत्खननलाई व्यवस्थित गर्न नसक्दा र खबरदारीमा चुक्दा यो कोणबाट जनताको असन्तुष्टि देखिएको हो ।

#तपाईको पालमा के गर्नुभएको थियो यो सवालमा ?
— हिजो पनि जनता जागेका थिए । मेरै पालामा पनि हजारौंको संख्यामा खोलाको अवैध उत्खनन विरुद्ध जनता सडकमा आएका थिए । आज त्यो किन भइरहेको छैन ? कारण हो हिजो नेतृत्वले राजनीतिक जागरणका लागि काम गरेको थियो । ५००÷६०० जना भेला भएको जनताको ठाउँमा मैले गएर समस्याको सम्बोधन गर्ने विश्वास दिलाउथे । आजका नेतृत्व त्यसलाई आवश्यक नै ठान्दैन । आज नदीको दोहन मार्फत जनताको शोषण, प्रकृतिको विनास भइरहेको छ । तर, कोही बोल्दैन । जनतामा यसले निरासा छाएको छ । सरकारदेखि राजनीतिक दलहरुका नेतृत्वमाथि निरन्तर प्रशन उठिरहेको छ । त्यसको उत्तर जनतालाई नदिदाँ सबै सेटिङमा त मिलेका त छैन भन्ने प्रश्न जो उठेको छ यो एङ्गलबाट जनताले प्रश्न उठाउनु पनि पर्छ ।

#भनेपछि त्यो मापदण्ड भन्दा बाहिरको तीन, चार फिट बढी खनिने नदीजन्य पदार्थको करोडौं राजस्व माफियाहरको गोजीमा गइरहेको छ भन्ने हामीले बुझ्दा हुन्छ ?
—३ फिटको हिसाब चौडाइ र लम्बाइको हिसाब गर्दा तोकिएको घनोमिटर नदीजन्य पदार्थ निस्किन्छ भनेर स्थानीय सरकारले कानुन र प्रकृयालाई टेकेर टेन्डर लगाउँछन् । अनि त्योभन्दा बढी खनिन्छन् भने त्यो भन्दा बढीको राजस्वमा त आउँदैन । जाने भनेकै त्यो व्यक्तिको खल्टीतिर हो ।

#त्यो खल्तीको रकम कहाँ खर्च हुन्छ ? यसरी अकुत रुपमा कमाएको सम्पत्ति कसरी उपयोग हुन्छ ?
—अब त्यो कमाउनेहरूले नै कहाँ खर्च गर्छन् उसैलाई सोध्नुस् ।

#हामी सुन्छौ यी पैसाहरू फेरि राजनीतिक दलको चुनावमा प्रयोग हुन्छ । उनीहरूले आपुलाई अनैतिक काममा सघाउनेहरुलाई चुनावमा लगानी गर्छन् भनिन्छ ?
—राजनीतिक दलका उम्मेदवारहरूलाई उठ्दाखेरि सहयोग गर्ला नगर्ला त्यसरी आफूले कहिले पनि त्यसरी सहयोग लिएको होइन । त्यति जानकारी पनि छैन । दोस्रो कुरा चाहिँ यो विधिमा उत्खन भएर गएको भए पो हाम्रो राजस्वमा प्रभाव पार्छ । अवैध खनिएको उत्खननको कुनै हिसाब हुँदैन । यसले विकास बजेटमा पनि प्रभाव पार्दैन ।

#अन्त्यमा ?
—अहिले रातु खोलाको अवैध दोहनले नीतिगत रुपमै भ्रष्टाचार भइरहेको छ । यसमा अंकुश लगाउनै पर्छ ।

Scroll to Top