काठमाडौँ, फागुन २० गते ।
प्रि ओपन सेसनमा नेप्से सूचक ०।५५ अंकले बढेको छ । यससँगै सूचक २८७७।२२ विन्दुमा आएको छ । ५ करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७१ कम्पनीको ४७ हजार ७ सय ९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५१ वटा कारोबार भएको हो । ३१ कम्पनीको मूल्य बढ्दा ३५ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।