द पब्लिक टुडे
गौशाला, फागुन २२ गते ।
महोत्तरीको गौशालामा देशकै ठुलो कागज उद्योग सञ्चालनमा आएको छ । बिहिवार गौशाला नगरपालिका–१, रामनगरमा नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
उद्योगको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताए । उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकाले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाए ।















