साउदीअरबले ५ महत्वकांक्षी फिल्म निर्माण गर्ने



रियाद, चैत २६ गते ।

अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ । तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ । सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको साउदीले पाँचवटा नयाँ फिल्म परियोजनाको घोषणा गरेको छ ।

साउदी अरबको सामान्य मनोरञ्जन प्राधिकरणका निर्देशक बोर्डका अध्यक्ष टर्की अल–शेखले ५ नयाँ उच्च प्रोफाइल फिल्म परियोजनाहरूको घोषणा गरेका छन्। राजधानी रियादस्थित बिग टाइम स्टुडियोमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार यी चलचित्र बनाइने उनले जनाएका छन् ।

यी मध्ये एक फिल्म भने यार्मुकको युद्धमा आधारित हुनेछ। यो महान अरब कमाण्डर खालिद इब्न अल वालिदको जीवनमा आधारित हुनेछ, जसमा यार्मुकको युद्ध देखाइने छ। फिल्ममा अन्तर्राष्ट्रिय कलाकारहरुको अभिनय रहनेछ । 

दोस्रो फिल्म साउदी आर्मीमा आधारित छ । यो चलचित्र रक्षा मन्त्रालयको सहकार्यमा सत्य घटनाबाट प्रेरित भएर निर्माण भएको मानिएको छ । विश्व दर्शकलाई ध्यानमा राख्दै यो फिल्मले साउदी सेनाको बहादुरी र दृढ संकल्प देखाउने प्रयास गर्नेछ ।

यस बाहेक गृह मन्त्रालयको सहकार्यमा निर्माण हुन लागेको चलचित्रमा साउदी अरेबियामा लागुऔषध ओसारपसार विरुद्धको लडाईसँग सम्बन्धित कथाहरु देखाइने भएको छ ।

साउदी अरेबियाले मिशन २०३० अन्तर्गत नयाँ नयाँ प्रयोगहरू गरिरहेको छ। क्राउन प्रिन्स मोहम्मद बिन सलमानका नीतिहरूका कारण व्यापार शीर्ष स्थानमा छ, जसका लागि उनी परम्परा तोड्नबाट पछि हटिरहेका छैनन् । दशकौंदेखि बन्द रहेका सिनेमा हलहरू साउदीमा मल्टिप्लेक्स खोलेर युवराजले चलचित्र उद्योगको प्रवर्द्धन गरिसकेका छन् ।

सन २०१८ मा सरकारले सिनेमा हलहरूमा ३५ वर्ष पुरानो प्रतिबन्ध हटाएको थियो । त्यसपछि यहाँ फिल्मको व्यापार उचाइमा पुगेको हो । रमजान २०२५ को पहिलो त्रैमासिकमा भए पनि साउदीले सिनेमा हलबाट बम्पर कमाई गरिरहेको छ र यो त्रैमासिकको आम्दानी गत वर्षको तुलनामा ४ प्रतिशतले बढी भएको जनाइएको छ ।

जसका कारण साउदी अरबको मन सिनेमा निर्माणतर्फ पनि जोडिएको छ ।

Scroll to Top