काठमाडौँ, वैशाख २ गते ।
प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १६.४३ अंकले बढेर २६७८.५१ विन्दुमा अडिएको हो ।
यो समयमा ५६ कम्पनिको ५० हजार ७५८ कित्ता सेयर खरिदबिक्री हुदाँ २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँ कारोबार भएको छ ।
कारोबारमा आएकामध्ये ३६ कम्पनिको मूल्य बढ्दा १७ वटाको भने घटेको छ । साथै, २ कम्पनिको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ ।