धनुषा: विष सेवन घटनामा तीन सन्तानपछि आमाको पनि मृत्यु



द पब्लिक टुडे
गौशाला, वैशाख १२ गते ।

धनुषामा विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको पनि मृत्यु भएको छ ।

धनुषा शहीदनगर नगरपालिका–५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो ।

जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरी आमाले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफ‌ै पनि सेवन गरेको खुलेको छ ।

९ महिनाकी गर्भवती पवितालाई बीस सेवन पश्चात शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको डीएसपी सिंहले बताए ।

पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइत पक्षले भने शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन्छ ।

Scroll to Top