पाँचौ दिन लगातार घटयो सेयर कारोबार



काठमाडौं, जेठ १ गते ।

साताको अन्तिम दिन सेयर बजार घटेको छ ।

बिहिवार आज नेप्से परिसूचक ८.४१ अंकले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ । 

बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुदाँ आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रूपैयाँ बराबरको कारोबार भएको छ ।   

साताको पहिलो दिन गत आइतवार ११ अर्ब बढीको कारोबार भएको थियो ।
 

Scroll to Top