बजेटवारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दैँ



काठमाडौं, जेठ ३ गते ।

सत्तारूढ नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैँछ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सो बैठक शनिबार दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन, नयाँबानेश्वरमा बस्नेछ ।
      
बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताएका छन् ।

Scroll to Top