द पब्लिक टुडे
गौशाला, जेठ ६ गते ।
सर्लाहीमा एक पुजारीको पानीखान जाँदा ट्युवेलमा करेन्ट लागेर मृत्यु भएको छ।
जिल्लाको बलरा नगरपालिका–५, महतो टोल बस्ने बिजय महतोको घरमा पुजा गराउन गएको गोडैता गाउँपालिका–२ बस्ने बर्ष ७० को महादेव महतो (पुजारी) लाई मोटर जडान भएको ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेको थियो ।
मंगवार करिव ३ बजेतिर पुजारी महतोलाई करेन्ट लागेको थियो । करेन्ट लागेका गम्भिर घाईते भएका पुजारी महतोलाई प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा उपचारको क्रममा चिकित्सकले साँवा ३ बजेको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृतक पुजारीको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा रहेको र प्रहरी चौकी अर्नाहाबाट असईको कमाण्डमा गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।