द पब्लिक टुडे
गौशाला, असार १ गते ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपियाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपियाले वृद्धि भएको छ ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० हुनेछ । यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ पर्नेछ ।
