प्रधानमन्त्री समिक्षा र एलिनाको अभियानप्रति समर्थन, ‘साहसी छोरीहरु’ भन्दै गरे प्रसंशा



काठमाडौँ, असार १४ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गायिकाद्वय समिक्षा अधिकारी र एलिना चौहानलाई ‘साहसी छोरीहरु’ भन्दै राम्रो गर्न खोज्नेले हिम्मत हार्नु नहुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले समिक्षा र एलिनाले सामाजिक सञ्जालमा आफूविरुद्ध नराम्रो कमेन्ट गर्नेको नाम पोष्ट गर्ने अभियानको समर्थन गर्दै ‘साहसी छोरीहरु’ को संज्ञा दिएका हुन् ।

उनले भनेका छन्–

आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन । एभरेष्ट न्यूज एजेन्सी

Scroll to Top