‘मिस भिवा-२०२५’ को फाइनल बुधवार



काठमाडौँ, भदौ ९ गते ।

‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल यही भदौ ११ गते (बुधवार) हुने भएको छ । आयोजक संस्था उमङ्ग क्रिएसनले सोमबार आयोजित पत्रकार सम्मेलनमा करिब २५ लाख मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरेको छ ।

संस्थाका संस्थापक उद्धव अधिकारीले क्राउनसहित १६ जना अन्तिम प्रतिस्पर्धी (फाइनलिस्ट०) लाई सार्वजनिक गरे । यो प्रतियोगिता छैटौँ संस्करण हो । सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइँदै आएकामा त्यसपछि ‘मिस ग्रान्ड’मा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

श्री ओम ज्वेलर्सले डिजाइन गरेको क्राउन यसपटक विजेतालाई प्रदान गरिनेछ । उमङ्ग क्रिएसनका संस्थापक अधिकारीका अनुसार विजेताले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने फस्र्ट रनर–अपदेखि चौथो रनर–अपसम्मको सहभागीले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।

ग्राण्ड फाइनलमा सहभागी हुन मिस इण्डिया–२०२५ विजेता मङ्गलबार नेपाल आउने कार्यक्रम छ । संस्थापक अधिकारीले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदानप्रदान र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।

Scroll to Top