- नारदप्रसाद काफ्ले
आफूलाई आफैले हेरी के-के गर्छु भनी-भनी ।
ख्याल गर्दै अघि वढ्नु कुशल मङ्गल गनीगनी ।
अनुशासन त्यही हो भन्छन् जसले राख्छआफ्नो ख्याल।
दिनचर्या उसकै हो त्यो उठ-बस् गर्छ बाचुञ्जेल।
केके गर्नु हुन्छ मैले केके गर्दा लाग्छ ठेस ।
आनन्दले दिन बितोस हेर्न पाईयोस कहाँ के छ।
आफैँले आफैँमाथी राज्य गर्न तम्तयार ।
अनुशासनले पार्छ त्याँहा स्यमलाई होसियार ।
कस्तो थिएँ के छु म अहिले गर्दैछुम के-के काम ।
कति काम विगारे पो मैले छली, दली राखे नाम ।
होशीयार जोजो भयो गर्यो उसले देश सेवा।
अनुशासनको पाठ सिक्यो कृतज्ञको पायो टेवा।
आफूलाई विर्सीविर्सी जन भलो अपनायो जसले।
पायो तृप्ती संसारको भोग्यो कुशल कार्य उसले ।
ईजत सम्मान प्राप्ति हुन्छ आफू भन्दा छन अरु।
सोचीसोची कार्य गरे फल मिल्छ त्यतै बरु।
पाठ पढ्नुपर्छ जे हो अनुशासन भन्ने के हो ।
गर्ने काम गर्नै पर्छ आत्म संयम हुँदा के भो।
आफूलाई आफैँदेखि होशियारी राख्न सके ।
सफलताको शिखरमा पुग्छ हो त्यो साँचो छ के।





