प्रेमको आभास



  • ललित यादव

म आँखा होइन, तिम्रो सपना बन्न सक्छु,
न बोल्दा पनि मनभित्र बस्न सक्छु।

हावासँगै ल्याउँछु माया को सुवास,
हृदयमा भर्छु म प्रेमको आभास।

म गीत होइन, तर स्वरमा रमाउँछु,
तिम्रो मुस्कानमा आत्मा हराउँछु।

तारा भन्दा उज्यालो छैन मेरो रङ्ग,
तर म छु प्रेमको अनन्त तरङ्ग।

तिमीले एकपटक दृष्टि मात्र देऊ,
जीवनभर तिम्रो कथा म लेखिदेऊ।

Scroll to Top