महोत्तरी : पालिका स्तरीय समीक्षा बैठक सम्पन्न



द पब्लिक टुडे
गौशाला, भाद्र १८ गते ।

महोत्तरीको एकडारा गाउँपालिकामा वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा संचालन गरिएका विभिन्न परियोजनाको वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ ।

मंगलवार स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरीद्वारा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना र दलित समाज उत्थान समिति नेपालद्वारा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत संचालन भएका क्रियाकलापहरुको प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रममा संस्थाले चालु आवमा संचालन गरेका क्रियाकलापको बारेमा प्रस्तुतिकरण गरेको थिए भने वल्र्ड भिजन इन्टरनेसनल नेपालको रणनीतिक चक्र सन् २०२१ देखि सन् २०२५ सम्म संचालन गरिएका गतिविधि प्रस्तुति गरिएको थियो ।

कार्यक्रममा एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलले एकडाराबासीको परिवर्तन र सहयोगका लागि परियोजनाले पु¥याएको योगदानको प्रशंसा गरे । उनले भने, “वल्र्ड भिजन र साझेदार संस्थाहरुले संचालन गरेका क्रियाकलापहरु समय सापेक्ष र विपन्न वर्गको उत्थानका लागि छन् ।”

अध्यक्ष मण्डलले भने, “आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमहरु आवश्यक छन् र परियोजनालाई सफल बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्नेछ ।”

यसैगरी वल्र्ड भिजन इन्टरनेसनल नेपालका महोत्तरी जिल्ला संयोजक दिलीप यादवले एकडाराबासीको आवश्यकता पहिचान गरी कार्यक्रम संचालन गरिएको र आगामी दिनमा गाउँपालिकासँग साझेदारी र समन्वयलाई बलियो बनाएर काम गर्ने बताए ।

कार्यक्रममा एकडारा गाउँपालिका उपाध्यक्ष महजबी खातुन लगायत विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखाका प्रमुखहरु, स्वास्थ्य चौकी इन्चार्जहरु, बाल क्वलका प्रतिनिधि, लाभग्राहीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एकीकृत ग्रामिण विकास समाज महोत्तरीका कोषाध्यक्ष उमेश न्यौपानेल परियोजना संचालन गर्न सहयोग पु¥याउनु हुने गाउँपालिका, वडा कार्यालय, सम्पूर्ण जनप्रतिनिधि तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरे ।

एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन एकीकृत ग्रामिण विकास समाजका कर्मचारी मेघा तिवारीले गरेको समाचार आजको द पब्लिक टुडे दैनिक पत्रिकामा छापिएको छ ।

Scroll to Top