द पब्लिक टुडे
गौशाला, असोज १२ गते ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
आइतबार साम्पाङले दल दर्ताका लागि निवदेन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनले भने, ‘हर्कबहादुर राईलाई संयोजक राखेर दल दर्ताका लागि निवदेन आएको छ । पार्टीको नाम श्रम संस्कृति पार्टी र आयोगका अनुसार निवेदनमाथि जाँचबुझ भइरहेको छ ।ु





