खयरामारा बस दुर्घटना : उपचारका क्रममा थप एक घाइतेको मृत्यु



सन्तोष सिंह
महोत्तरी, असोज १७ गते ।

महोत्तरीको खयरमारामा भएको बस दुर्घटनामा परी घाइते एक बालकको उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सर्लाहीको इश्वरपुरका १२ वर्षीय प्रविण खडकाको शुभस्वास्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। खड्का बसमा सवार थिए ।

घारीबथानबाट खैरमारा हुँदै काठमाडौँ जान लागेको ना ६ ख १४६४ नम्बरको बस दुर्घटना हुँदा यसअघि पैदलयात्रु चुल्हाइ चौधरीको घटनास्थलमै मृत्यु भएको थियो भने बसमा सवार २० जनाभन्दा बढी यात्रुहरू घाइते भएका छन्। उनीहरूको उद्धार गरी विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।

उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरी बर्दिबासका प्रहरी निरीक्षक लक्ष्मिराज जोशीका अनुसार खैयरमारा स्कुल अगाडि पैदल यात्रुलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

चिया खाएर बाटोमा निस्किएका स्थानीय चुल्हाइ चौधरीलाई बचाउन खोज्दा बस अनियन्त्रित भएर नजिकै रहेको नरिवलको बोटमा ठोकिएको प्रत्यक्षदर्शी विनय यादवले बताए ।

Scroll to Top