काठमाडौं, असोज १७ गते ।
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले महिला प्रधानमन्त्री भएता पनि मन्त्रिपरिषद्मा अन्य महिला अटाउन नसकेको टिप्पणी गरेका छन् ।
दशैं, दिपावली, छठ पर्वको अवसरमा रौतहटको गरूडा नगरपालिकाको जयनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महिला प्रधानमन्त्री हुँदा पनि मन्त्रीमा पुरुष मात्रै किन भनेर प्रश्न गरेका हुन् ।
‘महिला प्रधानमन्त्रीले एक जनापनि महिलालाई मन्त्री बनाउन सक्नुभएन’ साहले प्रश्न गरे, ‘के नेपालमा मन्त्री बन्न योग्य महिलाहरु छैनन् ?’
साहले जेन(जी आन्दोलनको भावना केन्द्रको एउटा सरकार हटाएर व्यक्ति फेर्नेमात्रै नभएको टिप्पणी गरे ।





