द पब्लिक टुडे
गौशाला, असोज १९ गते ।
नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले हराएको छ ।
टी–२० विश्वकप छनोटको लागि नेपाली टोलीले पहिला ब्याटीङ गरेको ओमानलाई ११० रनमा समेटिएको थियो । नेपालले १११ रनको लक्ष्य ४ विकेट गुमाएर १७ ओभरमै पुरा गरेको हो । नेपालका लागि ओपनर आरिफ सेखले अर्धसतक प्रहार गरेका थिए ।
यस्तै, बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३ तथा सन्दीप लामिछाने र सोमबार कामीले २्२ विकेट लिएका थिए ।
नेपालले अर्को अभ्यास खेल सोमबार कतारसँग खेल्नेछ । ८ अक्टोबरदेखि टी–२० विश्वकप छनोट खेल सुरु हुदैछ । तीन समुहमा नौ वटा टोलीबिच विश्वकपका लागि प्रतिस्पर्धा हुनेछ । नेपालको समूहमा जापान र कुवेत छन् ।
हरेक समूहबाट दुई उत्कृष्ट टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्समा पनि उत्कृष्ट हुने तीन टोलीले विश्वकपमा आफ्नो स्थान बनाउनेछन् ।