प्रिमेश सिवाकोटी
रौतहत, असोज १९ गते ।
अविरल वर्षाका कारण रौतहट सदरमुकाम गौर जलमग्न बनेको छ । पूर्वमा बागमती नदी, पश्चिममा लालबकैया नदी र दक्षिणमा भारतीय बाँधका कारण गौर हरेक वर्ष डुबानमा पर्ने गरेको छ ।
जिल्ला अदालत, मालपोत कार्यालय, गौर भन्सार, कर कार्यालय, जिल्ला प्रशासन कार्यालय जाने बाटोसहित मुख्य क्षेत्र जलमग्न बनेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
निरन्तर पानी परिरहेकाले गौरका स्थानीयदेखि नदी तटीय क्षेत्रका स्थानीय त्रसित छन् ।


